पोखरामा लागूऔषधसहित पर्वतका तीन युवा प्रकाउ

पाेखरा | भदौ १९, २०८०

पोखरामा लागूऔषधसहित पर्वतका तीन युवा प्रकाउ

पोखरा:    वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषधसहित पर्वतका तीन युवालाई प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका ६ शान्तिपाटनमा मिठु भुजेलको घर भाडामा बस्ने पर्वतका तीन युवालाई २ सय ४९ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 
पोखरामा घर भाडामा बस्ने पर्वतको मोदी गाउँपालिका-८ घर भएका २९ वर्षीय दिवश गुरुङ, २४ वर्षीय सबिन विक र २४ वर्षीय सोबित जिसीको कोठाबाट डाईजापाम २४ एम्पुल, नुर्फिन ८३ एम्पुल र फेनारागन ८२ एम्पुलसहित प्रकाउ परेका हुन् । 


प्रकाउ परेका तीन युवालाई आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्